भुर्जुङखोलामा ‘माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिता हुने
पाेखरा | भदौ १९, २०७९
कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिका तत्वाधन र भलिबल संघले संविधान दिवसको अवसरमा ‘गण्डकी प्रदेश अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता (माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप) आयोजना गर्ने भएको छ ।
पोखरामा आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी ३० गतेदेखि असोज १ गतेसम्म ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिने जानकारी दिइएको हो ।
माछापुच्छ्रे गाउँपालिका भलिबल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेशमै पहिलोपटक अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

उनले सो प्रतियोगिताका लागि गण्डकी प्रदशको ८५ स्थानीय तहलाई पत्राचार गरिसेको बताए । ‘हामीले यस प्रदेशको सबै स्थानीय निकायलाई आधिकारिक रुपमा मेल गरिसकेका छौं, उनले भने, ‘तयारी तिब्र भइरहेको छ । हाम्रो मुख्य लक्ष्य भनेको युवाहरुलाई एक सुत्रमा बाँध्ने र आपसी सद्भाव कायम गराउने हो । त्यसैले हाम्रो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्नेछ ।’
उनका अनुसार सो प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २ लाख प्राप्त गर्नेछ । यसैगरि उपविजेताले विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख २० हजार हात पर्नेछ ।
सो प्रतियोगिताबाट अन्तिम दुई सेमीफाइनलमा प्रवेश गरेका दुई टिमलाई समेत सान्त्वना पुरस्कार स्वरुप शिल्ड, मेडल तथा प्रमाणपत्रसहति नगद रु ३०/३० प्रदान गरिने अध्यक्ष पुनले बताए ।
उनका अनुसार सो प्रतियोगिताबाट एक जनालाई सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत गरिनेछ भने अन्य ६ वटा विधामासमेत जनही ७ हजारको दरले उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको छ ।
सो प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको सचिव मोहनसिंह तामाङले बताए । उनले प्रतियोगिता अवधिभर हाँस्यव्यङ्ग्य प्रहशन तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समावेश गरिएको बताए ।
माछापुच्छ्रे गाउँपालिकाले सहयोगमा सम्पन्न हुने सो प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका वडा २ भुर्जुङखोलामा सञ्चालन हुनेछ । भने सो मेलालाई २० हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

